काठमाडौं, पुस १ । सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरेको छ। बैंकले आफ्ना ग्राहकलाई हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको हो।
आगामी पुस १२ गतेदेखि तीन महिनासम्म सञ्चालन गरिने यस योजना अन्तर्गत बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा योजना अवधिभर कुनै पनि चलचित्रको दुईवटा टिकट खरिदमा एउटा टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन्।
योजनामा समावेश हुन ग्राहकले टिकट खरिद बापतको रकम बैंकको डेबिटरक्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
बैंकले ग्राहकलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र उक्त भुक्तानीमा पाइने लाभले अझै बढी कारोबार गर्न मदत गर्ने बैंकले विश्वास लिएको छ।




प्रतिक्रिया