बढ्यो छापावाल सुनको मूल्य


काठमाडौं, पुस १३ । बुधबार छापावाल सुनको मूल्य चार सयले बढेको छ। मंगलबार तोलाको एक लाख सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज चार सयले बढेर प्रति तोला एक लाख ११ सयमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा चार सयले वृद्धि भएको छ। आज तेजाबी सुन प्रति तोला एक लाख छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदी पनि तोलामा दश रुपैयाँले बढेको । आज चाँदी प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भईरहेको हो।