काठमाडौं, ६ माघ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक गरेको छ। एन्फाले आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर खेलतालिका सार्वजनिक गरेको हो ।
फाल्गुन १९ गते देखि सुरूहुने प्रतियोगितामा डबल राउन्ड रोबिन पद्दतिमा हुनेछ । १४ टिमको सहभागिता रहेको प्रतियोगिताको पाँचौ चरण सम्मको खेल तालिका आज सार्वजनिक गरिएको हो ।
अघिल्लो सिजन दशरथ रंगशाला र पोखरा रंगशालामा मात्रै प्रतियोगिताका खेलहरू आयोजना भएका थिए । यस पटक दशरथ रंगशाला लगायत एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल फुटबल गमैदानसहित तीन स्थानमा खेलहरू हुनेछन् । यो सिजनको लिगमा कुल १८२ खेलहरू हुनेछन्।
यस्तो छ कार्यतालिका :
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम





प्रतिक्रिया