राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा हवाई दुर्घटनाबारे छलफल हुँदै


काठमाडौं, माघ १३ । आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ। बैठक बिहान १०ः३० बजे समितिको सभा कक्षमा बस्नेछ।

बैठकमा छलफलका लागि नागरिक उड्डयन विज्ञहरुलाई बोलाइएको छ। बैठकमा वायुयान दुर्घटनाको सन्दर्भमा हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन अवलम्वन गर्नुपर्ने उपायका बारेमा छलफल हुनेछ।