काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग खेलिरहेको नामिबियाको चौथो विकेट सन्दीप लामिछानेले लिएका छन्।
नामिबियाका ब्याट्सम्यान गेह्रड एअरमुस २९ बलमा १५ रन जोड्दै आउट भएका हुन्।
टस हारेर ब्याटिङ् गरिरहेको नामिबिया ताजा अवस्थामा ४ विकेट गुमाउँदै २८.२ ओभरमा १०८ रनमा खेलिरहेको छ।
सन्दीप लामिछानेले ३ विकेट लिएका छन् भने दीपेन्द्रसिंह ऐरीले १ विकेट लिएका छन्।




प्रतिक्रिया