प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदन संसद्‍मा पेश


काठमाडौं, १० फागुन । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन-२०७९ संसद्‍मा पेश भएको छ।

आज बसेको संसद् बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिवेदन संसद्‍मा पेश गरेका हुन्।

संसद्‍मा छलफल भएर पारित भएपछि प्रतिवेदन लागू हुनेछ।