काठमाडौं, फागुन १५ । जिल्ला अदालत काठमाडौंले सम्बन्धविच्छेद तथा माना चामल मुद्दामा अभिनेत्री शिल्पा पोखरेलको पक्षमा फैसला सुनाएको छ । शिल्पाले छवि ओझाविरुद्ध दायर गरेको मुद्दाले उनीहरूको सम्बन्धविच्छेद पनि गराउने फैसला गराएको छ भने आधा सम्पत्ति भराउने आदेश दिएको हो ।
शिल्पा ओझाकी चौथी श्रीमती थिइन् । शिल्पाले सम्बन्धविच्छेद र माना चामलको मुद्दा हालेपछि छविले यसअघि दिदीसासूलाई धर्मपुत्रका रूपमा दिएका छोरालाई फिर्ता ल्याएका थिए । अदालतले धर्मपुत्रलाई सम्पत्ति दिन नमिल्ने फैसला पनि गरेको छ ।




प्रतिक्रिया