सम्पति विवरण नबुझाउने सांसद्‍मा माओवादीका वर्षमानदेखि राप्रपाका पशुपतिसम्म


काठमाडौं, १६ फागुन । प्रतिनिधिसभाका ११ सांसद्‍ले हालसम्म सम्पति विवरण बुझाएका छैनन्। उनीहरुले प्रतिनिधिसभामा निर्वाचति भएको ६० दिन भित्र सम्पति विवरण बुझाउनु पर्ने ऐन रहेको छ।

भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० अनुसार सांसद्‍मा निर्वाचित भएपछि ६० दिनभित्र बुझाउनुपर्ने नियम रहेको छ।

हालसम्म पनि सम्पति नबुझाउनेमा सांसद्‍मा कांग्रेसका उदयशमशेर जबरा, अजयकुमार चौरसिया, मोहन बस्नेत, मनोरमा शेरचन र निलम्बित सांसद टेकबहादुर गुरुङ रहेका छन्।

यस्तै, एमालेका फरार सांसद् लक्ष्मी महतो कोइरी, राजकुमार गुप्ता, माओवादी केन्द्रका वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी, नेपाल समाजवादी पार्टीका महीन्द्र राय यादव र राप्रपाका पशुपति शमशेर जबरा रहेका छन्।