एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा आइतबार भएको बम विस्फोटमा परी दुई जनाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन्।
विस्फोटक पदार्थले भरिएको मोटरसाइकल शान्ति मिलिशियाका सदस्यको गाडीसँग ठोक्किदा सो दुर्घटना भएको हो। अज्ञात आतङ्ककारीहरूले रिमोट कन्ट्रोल यन्त्रद्वारा बम विस्फोट गराएको स्रोतले बताएको छ।
घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।
अहिलेसम्म कुनै समूह वा व्यक्तिले आक्रमणको दाबी गरेका छैनन्। रासस/सिन्ह्वा




प्रतिक्रिया