निर्वाचन आयोगले राष्ट्रपति भण्डारीलाई बुझायो प्रतिवेदन


काठमाडौं, २६ फागुन । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाएको छ।

आयोगले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन शुक्रबार भण्डारीलाई बुझाएको हो।

बिहीबार भएको राष्ट्रपति निर्वाचनमा पौडेल निर्वाचित भएका थिए।