मत परीणामबाट निराश नहुनुपर्ने भन्दै अध्यक्ष लिङ्देन भन्छन्, ‘जनताले खोजेको विकल्पमा समिक्षा होला’


काठमाडौं, १५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले उपनिर्वाचनमा पार्टीले राम्रो मत ल्याउन नसकेको भन्दै निराश नहुनुपर्ने बताएका छन्।

शुक्रबार बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले उपनिर्वाचनमा पार्टीले राम्रो मत ल्याउन नसकेको भन्दै निराश नहुनुपर्ने बताएका हुन्।

‘हामीले राम्रो मत ल्याउन सकेनौं। यत्तिको कारणले हामीले निराश हुनुपर्दैन। हामीले खुसी हुनुपर्छ। कि हामीले नेपालको राजनीतिमा सबैभन्दा पहिले दलहरु जहाँ आफूलाई यो परिवर्तनको सम्वाहक भनेर भन्छन्। उनीहरुले ल्याएको व्यवस्था र उनीहरु अब असफल भइसके,’ उनले भने, ‘जनताले उनीहरुको विकल्प खोज्न जरुरी छ भनेर भन्यो। आज जनताले पुराना दलहरुको विकल्पमा मत हाले। जनता विकल्पको खोजिमा तयार भयो भन्ने देखिए। विकल्प ठिक खोजेको खोजेनन् भविष्यमा समिक्षा हुन्छ।’

यस्तै, अध्यक्ष लिङ्देनले सरकारले राष्ट्रपतिको सामान्य उपचार खर्च र अयोग्य लडाकुहरुलाई पैसा वितरण गर्ने तयारी गरिरेहको बताउँदै भने, ‘जबकी सरकार आफै भन्छ, अहिले विकासमा कुनै बजेट दिन सकिने अवस्था छैन। पैसा छैन। ढुकुटी रित्तो छ भनेर भन्छ। निर्माण व्यवसायीहरुलाई काम गरिसकेको भुक्तानि मात्रै ६० अर्बभन्दा बेसी दिन बाँकी छ। सारा विकास आयोजाहरु सुस्त छन्। देशको राजश्वले चालु खर्चसमेत धानेको छैन र ऋण उठाएर चालु खर्च चलाईरहनु परेको छ।’