काठमाडौं, २० बैशाख । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरणमा छुट प्रदान गर्ने आज (बैशाख २० गते) अन्तिम दिन रहेको छ।
कम्पनीबाट जारी भएका बीमालेखहरुको नियमितरुपमा नविकरण बीमा शुल्क भुक्तानी नगरी व्यतित अवस्थामा रहेका बीमालेखहरुको पुनर्जागरण गराउँदा लाग्ने ब्याजमा आवश्यक प्रक्रिया पुरा गरी २०८० साल बैशाख ६ गतेदेखि बैशाख २० गतेसम्ममा पुर्नजागरण गर्दा लाग्ने बीमा शुल्क ब्याजमा शत प्रतिशत छुट प्रदान गरिएको कम्पनीले जनाएको छ।
साथै पुनर्जागरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने कम्पनीबाट प्रदान गरिने बोनशसमेत प्राप्त हुने जानकारी कम्पनीले दिएको छ।
सो सम्बन्धी जानकारीका लागि कम्पनीको कर्पोरेट तथा नजिकको शाखा तथा उपशाखा कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गरेको छ। यो छुट बीमा अवधिभर एक पटक मात्रै प्राप्त हुने कम्पनीले जनाएको छ।





प्रतिक्रिया