नेपाली उत्पादनको बजारीकरणका लागि उद्योग मन्त्रालय सदैव लाग्नेछ : उद्योगमन्त्री रिजाल


काठमाडौं, २१ बैशाख । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले स्वदेशी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्।

बिहिबार उद्यमी घरको शुभारम्भ एवं बृहत मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन्। स्वदेशी उत्पादनको बजारीकारणका लागि उद्योग मन्त्रालय सदैव लागी पर्ने विश्वास लिदाउँदै मन्त्री रिजालले बजेटमा स्वदेशी उत्पादनको प्रवर्द्धनलाई विशेष व्यवस्था गरिने बताएका हुन्।

मन्त्री रिजालले विदेश भ्रमणका क्रममा नेपालको तर्फबाट लगिने उपहारमा नेपाली उत्पादनलाई नै प्रयोगमा लेराउन मन्त्रिपरिषद्‍मा समेत पहल गर्ने स्पष्ट पारेका छन्।

नेपाली उत्पादनमार्फत नेपाली कला र शैलीलाई अन्तर्राष्ट्रिय जगतमासमेत परीचित गराउन मन्त्री रिजालले उद्यमीहरुलाई आग्रह गरे।

मन्त्री रिजालले उद्यमी घरेलु हस्तकला, कृषि तथा नेपाली उद्यमीहरुले गरेका उत्पादनहरुको बृहत प्रदर्शनी गरेर उद्यमीहरु तथा उपभोगकर्ताका लागि प्रसंशनीय काम गरेको समेत बताए।