काठमाडौं, २६ बैशाख । नेमकिपाका सांसद प्रेम सुवालले शीर्ष तीन दलका प्रमुख नेताहरुको बैठक फिल्म देखाउनकै लागि हो भनेर संसद्मा प्रश्न सोधेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले शीर्ष तीन दलका प्रमुख नेताहरुको बैठक फिल्म देखाउनकै लागि हो भनेर संसद्मा प्रश्न सोधेका हुन्।
उनले भने, ‘प्रधानमन्त्रीजीले फिल्म देखाउने भन्नुभएको थियो। अहिले दाहालजी, ओलीजी र देउवाजीको मिटिङ भइरहेको छ। त्यो फिल्म देखाउनकै लागि हो कि?’
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अर्बौ ठगी गर्ने को-को हुन्? भन्दै उनले प्रश्न सोधे।




प्रतिक्रिया