अहिलेको संकटलाई परिपूर्ति गर्ने सबैभन्दा सजिलो र छिटो उपाय कृषि उत्पादन : अध्यक्ष यादव


काठमाडौं, २६ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संकटलाई परिपूर्ति गर्ने सबैभन्दा सजिलो र छिटो उपाय कृषि उत्पादन भएको दाबी गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठमा बोल्दै अध्यक्ष यादवले अहिलेको संकटलाई परिपूर्ति गर्ने छिटो र सजिलो उपाय कृषि उत्पादन भएको बताएका हुन्।

उनले भने, ‘प्राथमिकता हामी कहाँ दिन्छौँ, सबैभन्दा बढी प्राथमिकतमा अहिले जुन आर्थिक संकट जुन आइरहेको जस्तो देखिन्छ, जुन मुलुकमा आर्थिक वृद्धिदर घटेर गएको छ। त्यसलाई परिपूर्ति गर्न सबैभन्दा सजिलो र छिटो भनेको कृषि उत्पादनमा वृद्धि नै हो।’