अमेरिकी र चिनियाँ राजदूतबीच भेटवार्ता, नेपालको विकासमा सहयोगबारे चर्चा


काठमाडौं, वैशाख २७ । नेपालका लागि अमेरिका र चीनका राजदूतले भेटवार्ता गरेका छन्।

नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र अमेरिकी राजदूत डिन आर थम्प्सनबीच मंगलबार भेटवार्ता भएको हो।

भेटको तस्वीर राख्दै दुवै राजदूतले नेपालको विकासमा सहयोग गर्नेबारे एक अर्काका योजनाको तुलना गरेको उल्लेख गरेका छन्।