प्रचण्डलाई रवि लामिछानेको प्रश्न : प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ?


काठमाडौं, २७ बैशाख । रास्वपाका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको अनुसन्धान फितलो भएको टिप्पणी गरेका छन् । उनले अनुसन्धानको लहारेले ठूला नेता र तिनका सन्ताको जगजाहेर ताण्डवलाई छोड्यो भने आफ्नो दलले हेरेर मात्रै नबस्ने चेतावनी दिएका छन् । सो क्रममा उनले आफूहरुको आँधीलाई ख्याल सम्झने भूल नगर्न पनि चेतावनी द्यिएका छन् ।

लामिछानेले फेशबुकमा लेखेका छन्-

शिर्ष नेताहरुको तिब्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्क विहिन, नाम आएकाहरु माथीको अनुसंधान फितलो!!! खबरदार, अनुसंधानको लहरोले ठुला नेता र तिनका सन्तानको “जगजाहेर तान्डव”लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन।यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला। प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस!!