काठमाडौं,२ जेठ । अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्स नेपालको दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आइपुगेका छन् ।
सहायक विदेशमन्त्री वाट्सको भ्रमणका क्रममा नेपाल र अस्ट्रेलियाबीचको निकट सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
सहायकमन्त्री वाट्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया