समाजवादी मोर्चा कुनै दिन एमालेमा नै फर्किनेमा विश्वस्त छु : सचिव भट्ट


काठमाडौं, ५ असार । नेकपा (एमाले)का सचिव लेखराज भट्टले समाजवादी मोर्चा कुनैदिन एमालेमा फर्किने आफू विश्वस्त भएको बताएका छन्।

मङगलबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टले समाजवादी मोर्चा कुनैदिन एमालेमा फर्किने आफू विश्वस्त भएको बताएका हुन्।

उनले भने, ‘समाजवादी मोर्चा कुनै दिन एमालेमा नै फर्किनेमा म विश्वस्त छु। कम्युनिष्टहरू एकीकृत हुन यो मोर्चा बनाइएको हो।’

फरक प्रसंगमा उनले सरकारले ल्याएको बजेट पास गर्नेमा सत्तारूढ दलहरू नै अन्योलमा परेको बताएका छन्। ‘सुधारका कार्यक्रम केही देखिएको छैन। वितरणमुखी र परम्परागत तरिकाले आएको छ। कर नीतिमा पनि ठीक छैन,’ उनले भने।