काठमाडौं, ७ असार । नेकपा (एमाले) मा फर्कने तयारी गरेका भनिएका वामदेव गौतम प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफलमा छन् । समाजवादी मोर्चा घोषणा हुनुभन्दा अघिल्लो दिन वामदेवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर आफू एमालेमा फर्कन तयार रहेको बताएका थिए ।
तर, उनले एमालेमा अध्यक्ष ओलीपछिको दोस्रो वरियता माग गरेको कुरा आएको थियो । वामदेवको उक्त मागबारे एमाले नेतृत्व अनुदार बनेको छ । आज भने वामदेव प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्तामा छन् ।
अहिले नेता गौतम प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छन् । उनीहरुबीच लामो छलफल चलेको छ । प्रधानमन्त्री दाहालले यसअघि गौतमलाई समाजवादी मोर्चा नेपालमा आउन आग्रह गरेका थिए । File Photo/ReportersNepal




प्रतिक्रिया