काठमाडौं, ७ असार । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले रास्वपाका सभापति रवि लामिछानेलाई शुभकामना दिएका छन । रास्वपाको स्थापना दिवसको एक वर्ष पुगेको अवसरमा मिश्रले पार्टी सभापति रवि लामिछानेलाई शुभकामना व्यक्त गरेका हुन् । उनले लामिछानेले ६ महिनामै असाधारण चुनावी नतिजा ल्याएको र नेपाल र दक्षिा एशियामा मात्र नभएर विश्वमै अभूतपूर्व इतिहास रच्न सफल भएको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्-
छ महिनामैँ असाधारण चुनावी नतिजा लेराएर नेपाल र दक्षिण एशियामा मात्र होइन, विश्वमैँ एउटा अभूतपूर्व इतिहास रच्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वार्षिकउत्सवका अवसरमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु।
पार्टी सभापति Rabi Lamichhane लाई यो असोचनीय फड्कोका लागि धेरैधेरै बधाई! यो देशको दूरगामी हित सुनिश्चित गर्दै हाम्रै जीवनकालमा रूपान्तरण भएको देख्न पाइयोस्!




प्रतिक्रिया