ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नभ्याइनेमा


काठमाडौं, १९ असार । ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनाले दायर गरेको रिट निवेदन आजका लागि हेर्न नभ्याइनेमा परेको छ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधिशद्धय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले उनीहरूको रिट निवेदन हेर्न नभ्याइनेमा राखेको हो।

पक्राउ परेर हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमको रिट निवेदनमा यस अगाडि सर्वोच्चले गृहमन्त्रालयका नाममा २४ घण्टे कारण देखाउ आदेश जारी गरेको थियो।

उनीहरूले हदम्याद कटिसकेको मुद्दामा पक्राउ गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।