हामी सरकारतिर हेर्दैनौँ मिसन २०८४ मा जान्छौँ: एमाले अध्यक्ष ओली


काठमाडौं,२६ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरुद्धको ‘स्टन्टबाजी’ गरिरहेको आरोप लगाएका छन् ।

मंगलबारबाट पार्टी कार्यालय च्यासलमा सुरु भएको नेकपा एमाले वागमती प्रदेश संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले भ्रष्टाचारविरोधी काम गर्यौं भनेर तमासामात्रै देखाएकाले भ्रष्टाचारीलाई कारबाही हुन्छ भनेर विश्वास गर्न नसकिने बताए ।

ओलीले एमालेको नीति प्रष्ट रहेको दाबी गरे । उनले एमालेको नजर सरकारतिर नरहेको बताए । “हामी सरकारतिर हेर्दैनौँ । मिसन ०८४ मा जान्छौँ । हाम्रा नीतिहरु स्पष्ट छन् ।”ओलीले भने

ओलीले अहिलेको सत्ता गठबन्धन एमालेविरुद्ध हल्ला फैलाउन लागिपरेको आरोप लगाए । उनले सत्ताकेन्द्रीत मानसिकता भएकाहरुले आफूहरुलाई बदनाम गराउने कदम चालिएको बताए । “हल्ला गर्छन के के न भनेर । उहाँहरुलाई बदनाम गर्न मन लाग्छ । एमालेविरुद्ध हल्ला फैलाउन मन लाग्छ । हामी स्पष्ट हुनुपर्छ ।”