कांग्रेस केन्द्रीय समिति बैठकमा आज केन्द्रीय सदस्यहरूले धारणा राख्ने


काठमाडौं, साउन ३ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। हिजो देखि सुरु भएको बैठकमा आज केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ।

हिजो मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा दस एजेन्डा प्रस्तुत गरेका थिए। उक्त एजेन्डामाथि आजदेखि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा तथा सुझाव प्रस्तुत गर्नेछन्।काँग्रेसमा १६८ जना केन्द्रीय सदस्य हुनुपर्नेमा हाल १५८ जना छन् ।

महामन्त्री शर्माले प्रस्तुत गरेको एजेन्डामाथि धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई कम्तीमा पाँच मिनेटको समय दिइनेछ।कांग्रेसले यसपालिको केन्द्रीय समिति बैठक फेसबुक पेजबाट लाइभ गरेको छ। आजको बैठक पनि लाइभ हुने बताइएको छ ।