फर्मुला मन्सुरले कांग्रेसभित्र हिन्दूराष्ट्रको एजेण्डा उठाउनेलाई राजेन्द्र लिङ्देनको भाइहरु भनेकोमा शंकर भण्डारीको आपत्ति (भिडिओसहित)


काठमाडौं, १० साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक समापन बैठक सुरु भएको छ ।

बैठक सञ्चालन गर्दै सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्मालाई बैठक अघि बढाउन आग्रह गरेलगत्तै केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा फर्मुला मन्सुरले हिन्दूराष्ट्रको कुरा उठाउनेहरु राजेन्द्र लिङ्देनका भाइहरु भनेर भनेकोमा आपत्ति जनाए ।

उनले भने,‘उहाँले बडो आपत्तिजनक र खेदजनक कुरा गर्नुभयो । यसप्रति म खेद जनाउन चाहन्छु । आगामी दिनमा कुनैपनि नेताले यस्तो अभिव्यक्ति दिन नहुने भनेर भन्न चाहन्छु ।’