काठमाडौं, ९ भदौ । विश्वभक्त तथा अभियन्ता होमबहादुर कार्कीले नेपाल शान्ति क्षेत्र भएकोले यो क्षेत्रमा शान्ति हुनुपर्नेमा जोड दिएका छन् । उनले न्यायलयमा लामो समयदेखि मुद्दाहरु फस्र्यौट नभएको विषयमा ध्यानाकार्षण गराएका छन् ।
सो क्रममा उनले सञ्चार क्षेत्र पनि एकताबद्ध हुनुपर्ने र मुलुकमा स्थायित्व र सुशासन कायम गर्नुपर्नेमा जोड दिए । कार्कीले प्रधानमन्त्री देशकै अभिभावक हुने स्मरण गराउँदै अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनको द्धारपालेहरुले आफूहरुलाई भेट्न नदिएको गुनासो पोखे । उनले प्रधानमन्त्री भनेको देश र जनताको अभिभावक भएकोले आफूहरुको गुनासो सुन्नुपर्ने आवाज उठाए ।




प्रतिक्रिया