साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक जोन फोसलाई


काठमाडौं,१८ असोज । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक जोन फोसलाई दिइएको छ।

नोबेल पुरस्कार समितिले बिहीबार फोसलाई साहित्यतर्फको पुरस्कार दिने घोषणा गरेको हो।

फोसका सिर्जनात्मक नाटक तथा निबन्धले अभिव्यक्त गर्न नसकिने कुरालाई आवाज दिएको समितिले ठहर गरेको छ।

६४ वर्षीय नाटककार तथा लेखक फोसले ड्रिम अफ अटम, द नेम लगायत नाटक लेखेका छन्।

Skip This

Omoda E5 Pro