एमालेलक्षित माधव नेपालको व्यंग्य: हामीले समाजवादी मोर्चा बनाउँदा कतिपय पार्टीको झण्डै सातो गएको


काठमाडौं,२९ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले समाजवादी मार्चा बनाउँदा प्रतिक्रियावादीहरुको सातो गएको दाबी गरेका छन् ।

सोमबार समाजवादी मोर्चा नेपालले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले चार दल मिलेर समाजवादी मोर्चा बनाउँदा देशमा ठूलै राजनीतिक तरंग उत्पन्न भएको दाबी गरे । उनले नेपालमा रहेका सबै बामपन्थीदलहरुलाई मिलाउन र एकतावद्ध बनाउनकै लागि समाजवादी मार्चा निर्माण गरेको बताए ।

‘चार दल एकतावद्ध भएपछि देशमा तरंग पैदा गरेको छ,कार्यक्रममा नेपालले भने,‘कतिपय पार्टीको झण्डै सातो गएको छ ।’उनले भने ‘सातो जानु पर्दैन सातो आए हुन्छ ।’

समाजवादी मोर्चाको सन्देश सभा कैलालीको धनगढीबाट टुङ्गिँदै छ । यस अघि अन्य ६ प्रदेशमा यो सभा भइसकेको छ । अध्यक्ष नेपालले पहिलो चरणमा सन्देश सभा सम्पन्न भएपनि यस पछि जिल्लास्तर सम्म यस्तो अभियान सुरु गर्ने जनाए ।

Skip This

Omoda E5 Pro