टस जितेको यूएईले नेपालविरुद्ध सुरुमा ब्याटिङ गर्ने


काठमाडौं,१७ कार्तिक । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र यूएईबीच आज प्रतिस्पर्धा हुँदैछ । मुलपानी मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।

आजको खेलको विजेताले आगामी वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ ।

नेपालले सन् २०१४ पछि विश्वकप खेल्ने योजनामा मैदान उत्रदैछ। यसअघि सन् २०२२ फेब्रुअरीमा यूएईकै घरेलु मैदानमा यूएईसँगै पराजित हुँदा नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको थियो।

Skip This

Omoda E5 Pro