पार्टी प्रवेश कार्यक्रमका लागि सर्लाही पुगेका सीके राउतलाई एक क्विन्टलको माला


काठमाडौं,२१ कार्तिक । प्रतिनिधि सभा सदस्य तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई कार्यकर्ताले सर्लाहीमा एक क्विन्टलको माला पहिर्याएर स्वागत गरेका छन् ।

जनमत पार्टीले सोमबार सर्लाहीको कविलासीमा आयोजना गरेको कार्यक्रममा राउतलाई समर्थकले एक क्विन्टल सयपत्री फूलको एउटै माला पहिर्‍याएर स्वागत गरेका हुन्।

जनमत पार्टीले सोमबार कविलासी गाउँपालिका( ८ मा पार्टी प्रवेश कार्यक्रम राखेको थियो। सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका राउतलाई एक क्विन्टलको माला लगाइएको हो।

कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी तीन सय भन्दा धेरै नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको दाबी जनमत पार्टीले गरेको छ।

Skip This

Omoda E5 Pro