कक्षा १२ को पुरक परीक्षाको नतिजा सार्वजनिक


काठमाडौं,२३ कार्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डको बिहीबार बसेको बैठकले गत असोज ९ र १० गते सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा जसमा ८८ हजार नौ सय ४७ अर्थात् ७५ दशमलव ४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डको भनाइ छ ।

Skip This

Omoda E5 Pro