काठमाडौं,३० कार्तिक । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र दिमाग खराबको प्रदर्शन नरोकिने भएको छ ।
बिहीवार फिल्म निर्माता र प्रदर्शक संस्था चलचित्र संघबीच प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो ।
संघको कार्यालय विशालनगरमा बसेको बैठकपछि महासचिव नरेन्द्र महर्जनले दर्शकको मागअनुसार शो बढाउँदै जाने कुरामा सहमति जुटेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुक लाइभमा आएका निर्देशक निश्चल बस्नेतले हलहरूले विभेद गरेको भन्दै माग पूरा नभए शुक्रबारबाट चलचित्र प्रदर्शन रोक्ने चेतावनी दिएका थिए।
‘दिमाग खराब’ टिमले विदेशी चलचित्र बराबर नै शो पाउनुपर्ने र आम्दानीको ५० प्रतिशत हिस्सा निरन्तर प्राप्त हुनुपर्ने दुईवटा शर्त अघि सारेको छ।





प्रतिक्रिया