टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश


काठमाडौं,१५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल छुटेका छन्। जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनले छाडेको हो। नेता रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

अदालतले गत असार १ गते १७ जनालाई थुनामा पठाएर ३ जनालाई धरौटी माग गरेको थियो। टंक गुरूङ, लक्ष्मी महर्जन र केशव तुलाधरसँग धरौटी माग भएको थियो।

Skip This

Omoda E5 Pro