क्रिकेट संघ पाल्पाका अध्यक्ष राजेश श्रेष्ठको अवस्था गम्भीर, क्यानले गर्‍यो आर्थिक सहयोग


काठमाडौं,१८ मंसिर । जिल्ला क्रिकेट संघ पाल्पाका अध्यक्ष तथा लुम्बिनी प्रादेशिक क्रिकेट संघका कोषाध्यक्ष राजेश श्रेष्ठ स्वास्थ्य स्थिति जटिल बनेको छ ।

आन्द्रामा रक्तश्रावका कारण काठमाडौंको सिल्भर लाइन अस्पतालमा रिफर गरि उपचार गराईरहेका श्रेष्ठलाई नेपाल क्रिकेट संघ (क्यान) ले आर्थिक सहयोग गरेको छ ।

क्यानले आज एक सूचना जारी गर्दै नेपाली क्रिकेटको विकास तथा विस्तारमा योगदान दिनुभएका श्रेष्ठको स्वास्थ्य उपचारका लागि नेपाल क्रिकेट संघको तर्फबाट एक लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

श्रेष्ठको आन्द्रामा अत्यधिक रक्तस्राव भएकाले रगतमा होमोग्लोबिनको मात्रा निकै कम भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

Skip This

Omoda E5 Pro