उपरथी अशोक सिग्देल रथीमा बढुवा


काठमाडौं । नेपाली सेनाको रिक्त एक रथी पदमा वरिष्ठतम उपरथी अशोकराज सिग्देल बढुवा भएका छन् ।

सिग्देललाई रथी पदमा बढुवा गरेसँगै एक वर्षपछि उनी प्रधान सेनापति बन्ने निश्चित भएको छ।

सैनिक मुख्यालय जंगी अड्डाले सिग्देललाई रथीमा बढुवा गर्न गरेको सिफारिस बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेसँगै २०८१ भदौमा हालका प्रधान सेनापति प्रभुराम शर्माको कार्यकाल सकिएपछि सिग्देल प्रधान सेनापति बन्नेछन्। सिग्देल २०७६ असोजमा उपरथी भएका थिए।

Skip This

Omoda E5 Pro