लोसपाको केन्द्रीय कार्यसमिति बैठक राजेन्द्र महतोले बहिष्कार गर्ने


काठमाडौं,२४ मंसिर । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ । कार्की ब्यांक्वेटमा बस्ने केन्द्रीय कार्य समितिको बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन र संगठन विस्तार लगायतका एजेण्डामा छलफल गर्ने कार्यसूची छ ।

आज बस्ने बैठक पार्टीका दोस्रो बरियताका नेता राजेन्द्र महतोले भने बहिष्कार गनेृ भएका छन् । यसअघिको केन्द्रीय समिति बैठकले गरेको सदस्यहरूको मनोनीतको विषयलाई लिएर उनले आपत्ति जनाइरहेका छन्। महन्थ ठाकुर पक्षले तराई–मधेसमा क्रियाशीलहरूलाई नेताहरूलाई छुटाएर आफूखुसी केन्द्रीय समिति विस्तार गरेको भन्दै उनले असन्तुष्टि जनाएका छन्।

Skip This

Omoda E5 Pro