काठमाडौं, पुस १५ । ललितपुर सिटी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ। शनिबार राती दशरथ रंगशालामा भएको फाइनल खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३–२ गोलअन्तरले हराएको हो। ललितपुरलाई जित दिलाउन इमोह एजेकेलले दुई तथा दिनेश हेन्जनले एक गोल गरेका छन्।
खेलमा पहिलो हाफमा धनगढीका लागि ओलावाले अफिजले खेलको ३९ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा ललितपुरका लागि इमोह एजेकेले गोल गर्दै ललितपुरलाई बराबरीमा ल्याए ।
तर दोस्रो हाफमा ललितपुरले दुई गोल गरेर ३–२ गोलको जित हात पार्याे । ललितपुरको जितमा इमोह एजेकेलले २ तथा दिनेश हेन्जनले १ गोल गरे । उपाधि विजेता ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता धनगढीले २० लाख रुपैयाँ प्राप्त गर्याे ।




प्रतिक्रिया