राप्रपाको चियापान समारोह आज, यस्तो छ तयारी


काठमाडौं, पुस २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्दैछ ।

उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक संघसंगठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी लगायतलाई निमन्त्रणा गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

उनले विभिन्न राज्यलाई एकीकृत गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेका राष्ट्र निर्माताको सम्मानमा हुने चियापान समारोहमा राष्ट्रपति, प्रधानमन्त्री सहभागी हुने जानकारी दिए। अहिले सिंहदरबार अगाडीको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

राप्रपाले आज ‘पृथ्वीनारायण’ शीर्षकमा कविता लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरी पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः रु एक लाख रु ५० हजार र रु २५ हजार तथा सान्त्वना विजेता तीन जनालाई प्रतिव्यक्ति रु १० हजार पुरस्कार प्रदान गर्दैछ।

Skip This