बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन गरेर देखाउन एमालेलाई कांग्रेस सांसदको चुनौती


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद युवराज शर्माले आउँदो आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन गरेर देखाउन नेकपा एमालेलाई चुनौती दिएका छन् ।

आइतबार राष्ट्रियसभा बैठकमा उनले प्रतिपक्षमा रहँदा नेकपा एमालेका सांसदहरूले सो विधेयक पुनर्लेखन गर्नुपर्ने भनेकाले सोहीअनुसार अघि बढ्नुपर्ने बताएका हुन् ।

“तत्कालीन माननीय अर्थमन्त्री प्रकाशशरण महतले विनियोजन विधेयक, २०८१ सदनमा प्रस्तुत गरेपछि यो ठिक भएन, पुनर्लेखन गर्नुपर्छ भनी एमाले पार्टीका सांसद मित्रहरूले उठाएका आवाज मेरो कानमा आज पनि ठोक्किइरहेको छ,” उनले भने, “आज म स्वयं यस रोस्ट्रममा उभिएर सक्नुहुन्छ भने पुनर्लेखन गर्नुहोस् भनेर आग्रह गर्न चाहन्छु ।”