शिक्षा समितिका नवनिर्वाचित सभापति थापाले लिए शपथ (तस्बिरहरु)


काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, सूचना तथा सञ्चार समितिका नवनिर्वाचित सभापति अम्बरबहादुर थापाले पद तथा गोपनियताको शपथ लिएका छन् ।

बुधबार समितिमा निर्विरोध निर्वाचित भएका थापालाई सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ खुवाएका हुन् । थापा एकीकृत समाजवादीबाट गत वर्षको आम निर्वाचनमा दैलेख १ बाट निर्वाचित भएका थिए ।

यसअघि समिति सभापति रहेका भानुभक्त जोशी मन्त्री बनेपछि समिति सभापतिवीहिन थियो ।

तस्बिर; मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल