Logo
फोटो फिचर
मुस्ताङमा उत्पादित स्याउ बागलुङ बजारमा बिक्री गदैं एक व्यापारी ।

दशैको चटारोः पर्वतको कार्किनेटामा घर लिपपोत गर्न रातो माटो खन्दै स्थानीय महिला ।

तनहुँको प्रसिद्ध धार्मिकस्थल गलेश्वर आश्रम देवघाटस्थित वेदवेदाङ्ग विद्यालयमा निशुल्क अध्ययनरत बटुकहरु ।

भक्तपुरमा निःशुल्क ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन कार्यक्रममा सम्मानित जेष्ठ नागरिक

परम्परागत पोशाकमा सांस्कृतिक समारोहमा सहभागी कञ्चनपुर सिंहपुरका राना थारु युवा युवती 

मुगुको साँस्कृतिक मेलामा दौरा र लाटका मालामा सजिएर देउडा नृत्यमा सहभागी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी

नवलपरासीको कावासोती– १६ मा आज विहान दुर्घटनामा परेको बस र ट्रक। दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका– २ छाताङमा चरी रहेका भेडाहरु र पृष्ठ भुमिमा धौलागिरि हिमाल ।

बाँकेको नरैनापुर गाउँपालिका–५ पण्डितपूर्वामा भेडा चराउँदै किसान ।

भक्तपुरको दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडाएका मध्यपुर थिमी नगरपालिका बालकराम श्रेष्ठ चन्द्राकारको महाद्वीप बोकेर नगर परिक्रमा गर्दै .

पर्यटकीय जिल्ला मुस्ताङको कागबेनीबाट मुक्तिनाथ जाने सडक