Logo

देउवालाई दश दिनभित्र उपस्थित् हुन सर्वोच्च अदालतको आदेश



काठमाडौं, २४ चैत । सर्वोच्च अदालतको मानहानीसम्बन्धी मुद्दामा जवाफ दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १० दिनभित्र उपस्थित हुन आदेश गरेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले देउवालाई बोलाउने आदेश गरेको हो । देउवाले आईजीपी प्रकरणमा अदालतको आदेश पालना गर्न नसकिने भनी अभिव्यक्ति दिएको भन्दै अधिवक्ता हरि मैनालीले दर्ता गरेको निवेदनमा अदालतले यस्तो आदेश गरेको हो ।

सर्वोच्च अदालतले सरकारले सिफारिस गरेका आईजीपी जयबहादुर चन्दको निर्णय बदर गर्ने फैसला सुनाएको थियो । सर्वोच्चले चन्दका प्रतिस्पर्धी नवराज सिलवाल बरियता क्रममा अगाडी रहेको भनेको थियो ।



प्रतिक्रिया दिनुहोस्