जाँचबुझ आयोगको म्याद १ महिना थपियो


काठमाडौं, ३ पुष । सरकारले भदौ २३ र भदौ ३४ गतेको घट्नासम्बन्धी अनुसन्धान गर्न बनाएको जाँचुबझ आयोगको म्याद एक महिना थपेको छ । आज अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद एक महिना थपेको हो ।

हिजोमात्रै आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर म्याद थपको लागि आग्रह गरेका थिए। त्यसको भोलिपल्टै आज सरकारले एक महिना म्याद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । आयोगले अर्को साता तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकको बयान लिने तयारी गरेको छ ।

Skip This

Omoda E5 Pro