Logo

यस्तो छ राष्ट्रपति भण्डारीको भारत भ्रमण तालिका



काठमाडौं ३१ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको औपचारिक घोषणा भएको छ । भण्डारीले ४ वैशाखदेखि ८ वैशाखसम्म पाँच दिन लामो भारत भ्रमण गर्ने छिन् । राष्ट्रपतिका रुपमा यो नै उनको पहिलो विदेश भ्रमण हो ।

भारतीय राष्ट्रपति प्रवण मुखर्जीको औपचारिक निमन्त्रणामा भण्डारीको राजकीय भ्रमण हुन लागेको हो । नेपाल र भारतले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरेर राष्ट्रपति भण्डारीको भ्रमणको औपचारिक घोषणा गरेका हुन् ।

भ्रमणको क्रममा भण्डारीले भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री तथा अन्य सरकारी अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

यसैगरी भण्डारीले ५ वैशाखमा राष्ट्रपति भवनमा आयोजित रिसेप्सनमा सहभागी हुने तथा ’गार्ड अफ अनर’ लिने कार्यक्रम रहेको छ । भण्डारीको सम्मानमा भारतीय राष्ट्रपतिले दिवाभोजको कार्यक्रम आयोजना गर्नु हुनेछ । भण्डारीले गुजरात र ओडिसाको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्