Logo

चुनावको मिति सार्ने काँग्रेको धारणाबारे प्रधानमन्त्री दाहालको चासो



प्रधानमन्त्री दाहाल र देउवावीच भेटवार्ता,
काठमाडौं, ३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवावीच आज भेटवार्ता भएको छ ।

सरकारले मोर्चाको माँग सम्बोधन गर्नेगरि नयाँ संविधान संशोधन विद्येयक ल्याएको भोलिपल्टै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले उक्त प्रस्तावलाई अस्विकार गरि आन्दोलनको कार्यक्रम घोषणा गरेपछि काँग्रेसका शीर्ष नेताहरुले नै केही दिनको लागि निर्वाचनको मिति सार्नुपर्ने अभिव्यक्ति दिएपछि

प्रधानमन्त्री दाहालले निर्वाचनबारे काँग्रेसको आधिकारिक धारणा के हो भन्दै सभपति देउवासँग आज भेटवार्ता गरेका हुन् ।

निर्वाचनको मिति सार्नेबारे कुरा बाहिर आईरहेकोबारे प्रधानमन्त्री दाहालले राखेको जिज्ञासामा मधेसी मोर्चाले स्थानीय चुनावमा भाग लिने प्रतिवद्धता जारी नगरेसम्म बैशाख ३१ को चुनाव कुनै हालतमा नसर्ने देउवाले स्पष्ट पारेको प्रधानमन्त्री दाहाल निकट उच्च स्रोतले बतायो ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री दाहाल र देउवाजीच आज साँझ भेटवार्ता भएको थियो ।



प्रतिक्रिया दिनुहोस्