Logo

गृहमन्त्री निधिको ट्विटलाई लिएर वामदेव आक्रमक, प्रधानमन्त्रीलाई फोनमै यस्तो भने



काठमाडौं, ४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधीको पछिल्लो अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकार्षण गराएका छन् ।

उपप्रधान् एवम् गृहमन्त्री निधीले मध्यरातमा स्थानीय तहको चुनावका लागि निर्वाचन आयोग र सुरक्षा प्रबन्ध मात्रै पर्याप्त नहुने, राजनीतिक व्यवस्थापन अपरिहार्य भएको ट्वीट गरेपछि उपाध्यक्ष गौतमले आज दिउँसो प्रधानमन्त्री दाहाललाई फोन गरेर गृहमन्त्री निधिको धारणाबारे प्रश्न तेर्साएका थिए ।

दुई नेताबीच करिब आधा घण्टा टेलिफोनवार्ता भएको बालुवाटार स्रोतले जानकारी दियो । एमाले कार्यबाहक अध्यक्ष समेत रहेका गौतमले प्रचण्डलाई सरकारले के गर्न खोजेको भन्दै प्रश्न तेर्साएका थिए । उनले सरकारले चुनाव नगराउन खोजेको हो भन्दै सोधेका थिए ।

उता प्रधानमन्त्री दाहालले कुनैपनि हालतमा निर्वाचन नरोकिने स्पष्ट पारेका थिए । प्रधानमन्त्री दाहालले पछिल्लो समय चुनाव तोकिएकै मितिमा हुनेमा शंका नगर्न समेत आग्रह गर्दै आएका छन् । उनले मधेशी मोर्चाले चुनाव बहिष्कार गर्दापनि तोकिएकै मितिमा सरकारले चुनाव गराएरै छाड्ने उद्धघोष गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्