Logo

इङ्गलिस प्रिमियर लिग : आर्सनलद्धारा मिडल्सबर्ग पराजित



काठमाडौं, ५ बैशाख । इङ्गलिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलले मिडल्सबर्गलाई २–१ ले हराएर शीर्ष चारमा पर्ने सम्भावना जीवितै राखेको छ ।

अवे मैदानमा भएको खेलमा आर्सनललाई जिताउन एलेक्स सान्चेज र मेसुट ओजिलले गोल गरे । मिडल्सबर्गका लागि नेग्रेडोले एक गोल फर्काए ।

जितपछि छैटौं स्थानमा उक्लिएको आर्सनलको ३१ खेलबाट ५७ अंक भएको छ । आर्सनल पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडभन्दा तीन तथा चौथो स्थानको म्यानचेस्टर सिटीभन्दा सात अंकले पछि छ ।



प्रतिक्रिया दिनुहोस्