Logo

परमाणु आक्रमणमा उत्रने उत्तर कोरियाको चेतावनी



काठमाडौं, बैशाख ५ । उत्तर कोरियाले अमेरिकाले उक्साइरहे आफूहरु पनि परमाणु आक्रमणमा उत्रने चेतावनी दिएको छ ।

उत्तर कोरियाका उपविदेश मन्त्री हाङ सोङ–रयोलले प्योङयाङले परमाणु तथा मिसाइल परीक्षणलाई पनि निरन्तरता दिने चेतावनी दिएका हुन् । उत्तर कोरियाको परमाणु तथा मिसाइल परीक्षणका कारण बाँकी विश्वको टाउको दुखाई बनिरहेका बेला फेरि यो चेतावनी आएको हो ।

संयुक्त राष्ट्रसंघले कुनै किसिमको परमाणु कार्यक्रम गर्न नपाउने गरी प्रतिबन्ध लगाएपनि उत्तर कोरियाले टेरेको छैन । उपविदेश मन्त्री हाङले आफ्नो देशले साप्ताहिक, मासिक र वार्षिक रुपमा मिसाइल परीक्षण गरिरहने प्रष्ट गरेका हुन् ।

अमेरिकाले सैन्य गतिविधि गरे कुनै पनि बेला युद्ध सुरु गर्न आफ्नो देश तयार रहेको चेतावनी पनि उनको छ । त्यसअघि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियालाई अमेरिकाको परीक्षण नगर्न भन्दै चेतावनी दिएका थिए ।

उत्तर कोरियाको रणनीतिक सहनशिलताको समय सकिएको भन्दै उपविदेश मन्त्री हानले परमाणु परीक्षण नरोक्ने बताएका हुन् । उत्तर कोरियाको परमाणु कार्यक्रमले कोरियाली प्रायद्विपमा तनाव बढेको छ । अमेरिकाले त्यस क्षेत्रमा नौसेनाको युद्ध तोप टुकडी तैनाथ गरेपछि परिस्थिति झन् जटिल बन्दै गएको छ । (एजेन्सी)



प्रतिक्रिया दिनुहोस्