Logo

राष्ट्रपति भण्डारीलाई भारतीय राष्ट्रपति कार्यालयमा राजकीय सम्मान (फोटोफिचर) 



काठमाडौं, ५  वैशाख। भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई मंगलबार राजकीय सम्मान गरिएको छ ।

भारतीय राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीलाई राजकीय सम्मान गरिएको हो । सो अवसरमा भारतका राष्ट्रपति प्रणव मुखर्जी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्च अधिकारीहरुको उपस्थिति थियो ।

राजकीय सम्मान ग्रहण गरेलगत्तै राष्ट्रपति भण्डारी राजघाट पुगेर भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधीमा पुष्पगुच्छा अर्पण गरेकी छन् ।

तस्विर : भारतीय राष्ट्रपति प्रणव मुखर्जीको फेसबुकबाट 

राष्ट्रपति भण्डारीले मंगलबार राजनीतिक भेटवार्ता गर्दैछिन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजबाट राष्ट्रपतिको राजनीतिक भेटवार्ता सुरु हुने छ ।

राष्ट्रपति भवनमा हुने राजनीतिक भेटवार्तामा विदेशमन्त्री स्वराज लगत्तै त्यहाँका गृहमन्त्री राजनाथ सिंह, वित्त मन्त्री अरुण जेट्ली सहभागी हुनेछन् । तीनै मन्त्रीले राष्ट्रपति भण्डारीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

दिउँसो ४ः३० मा राष्ट्रपति भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै ५ः३० मा उपराष्ट्रपति र साँझ ७ः३०मा राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ताको कार्यक्रम तय भएको छ ।

तस्विर : भारतीय राष्ट्रपति प्रणव मुखर्जीको फेसबुकबाट 



प्रतिक्रिया दिनुहोस्