Logo

अपहरित भारतीय नागरिक सकुशल मुक्त



लहान, ५ वैशाख । करिब दुई साताअघि अपहरणमा परेका भारतीय नागरिक प्रदीप यादवलाई आज बिहान प्रहरी टोलीले सिरहाको लहान नगरपालिका–१५ बेताहबाट सकुशल मुक्त गराएको छ भने अपहरणमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

गत चैत २३ गते अपहरित भारत विहारस्थित मझारीका २३ वर्षीय यादवलाई बेतहा गाउँमा राखेको गोप्य सूचनाका आधारमा सगरमाथा अञ्चल प्रहरी कार्यालय र लहान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेतहास्थित रमेश लामाको घरबाट सकुशल मुक्त गराएको प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिनुभयो ।

साथै अपहरणमा संलग्न रहेको आरोपमा लामासहित सिरहाका जयराम यादव र सप्तरीको बिसनपुरका दीपनारायण यादवलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराज पठाइएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने र अपहरणमुक्त भारतीय नागरिकलाई परिवारको जिम्मा लगाइनेछ । रासस



प्रतिक्रिया दिनुहोस्